सांकेतिक तस्बिर

हेटौँडा ।
तिब्र गतिमा आएको दुईवटा मोटरसाईकललाई ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । शनिबार साँझ बर्दियाको मधुवन नगरपालिका बडा नं ९ को १२ नम्बर भन्ने स्थानमा तिव्र गतिमा आएको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो ।
ठक्करबाट मृत्यु हुनेमा गुलरिया नगरपालिका बडा नं ७ को महाकवि स्कुल टोलका २० बर्षिया समीर शाह(गोलु) रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

विपरीत दिशाबाट आएको सवारी साधनले भे२प २३१३ मोटरसाईकलले अर्को ना५९प ८०७ नम्बर गरि दुई वटा मोटरसाईकल लाई ठक्कर दिँदा शाहको मृत्यु भएको छ भने गुलरिया नगरपालिका बडा नं ७ को रिजवान सिद्दिकी र मधुवन नगरपालिका बडा नं ६ का २७ बर्षिया सरद ओलि घाइते भएको प्रहरीले बताएको छ ।

घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको समेत जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नभएकोले सवारी साधनको खोजी कार्य जारी रहेको र छिटै नै सवारी साधन पक्राउ गरिने प्रहरीले बताएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।