मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् ।  लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् ।

यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसेम्बर १४ मा हुने फाइनल राउण्डको बाटो खुलेको छ ।  मल्टिमिडिया अवार्ड हात पारेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभेच्छक, पत्रकार, सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन् ।

साथै अनुष्काले फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने बताएकी छिन् ।  विश्वभरबाट छानिएका १ सय २५ देशका सुन्दरी मिस वर्ल्ड २०१९ मा सहभागी थिए ।

 

Nepal has won the Multimedia Award at Miss World 2019!!! This is OUR WIN!!🇳🇵🇳🇵🇳🇵

Posted by Miss World – Nepal on Thursday, December 12, 2019


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।