-अर्पण पराजुली
मंसिर २६ – दोस्रो बिश्वयुद्दको अन्त्यपछि ‘दीगो शान्ति स्थापना र पुनर्निर्माण’ को रणनीति मार्फत समृद्ध र शान्त बिश्वको परिकल्पना गरिएको थियो। बम, गोला, बारुद र गोलिको धङधङी बाट आक्रान्त सारा मानिस शान्ति हुन्छ भने जे पनि गर्न तयार छौँ भन्ने मानसिकतामा थिए र युद्धको अन्त्य पश्चात जिन्दगीप्रति नयाँ आशाको सँचार भएको थियो। प्रगतिको होडबाजीमा पृथ्वीको कुनै भाग काल्पनिक स्वर्गको टुक्रा जस्तै चिटिक्क बन्न पुग्यो। जहाँ बस्ने मानवहरु ऐश आराम र मान र शानको जिन्दगी बांच्न सक्ने भए। यहि पृथ्वीको कुनै भाग मल नपुगेको बिरुवा जस्तै जिङरिङग बन्न पुगे। यहाँका आशावादी मान्छेहरु अब बाँच्नकै लागि साम, दाम दन्ड, भेद, चाकरी, गुलामी आरिस, लोभ, छकाइँ -फटाइँ , जे पनि गर्न बाध्य बन्दै गए। यहि दरिद्र्ताले जेलिएको जिङगरिङगे सँसारमा आर्थिक -वर्गीय समाजको स्वरुपले बिकराल लिन थाल्यो। मान्छेमा अदृश्य डरका क्षेत्रहरु झन झन प्रभावकारी बन्दै गए। यहि पृथ्वीको जिङरिङ्गे भागले यहि पृथ्वीको झिलिमिली भागको जिबन स्तरलाई ‘यस्तै भैदिए पो…’ भन्ने भावमा बुझ्नु पर्ने अबस्थाको सृजना भयो।

बिकसित देशका मानिसहरु आविस्कार , सृजना र प्रयोगमा रमाउँन थाले । वस्तु र सेवालाइ अर्थ सँग जोडेर अघि बढे। सँस्कार र सुशासन लाई कहिल्यै बिर्सेनन।यस्तो जीवन बनाए कि उनिहरुलाई देख्दा बिकासोन्मुख सँसारका मान्छेहरुले ट्वाल्ल परेर अर्कै ग्रहको मान्छे जस्तैगरि हेर्नु पर्ने अबस्था बन्यो। धन दिने, दान दिने मात्र नभै आदेश र आशिर्वाद पनि उनिहरुले नै दिन सक्ने बने। तुलनात्मक रूपमा यहि सँसार शान्त र समृद्ध छ। बिश्वको हरेक कुनाका मान्छे हरुको सपनाको सँसार यहि बनेको छ।

अझै पनि बिकासोन्मुख सँसारले आधारभुत आबश्यक्ता पूरा गर्न धेरै शक्ति ,समय र साधन खर्च गरिरहेको छ। ‘पराइको बोटमा मेवा फलेको देखे पछि बीउ खोज्न हिँड्ने’ परम्परा यो सँसारले त्याग्न सकेको छैन। उत्पादन र आविष्कार त परको कुरा जस्तै ठान्ने यो सँसार अन्धबिश्वास, निर्वाहमुखी गतिविधि र परिवर्तनबारे दोधारे मानसिकताबाट ग्रसित छ। घर, गाडी र नगद यहाँको लक्ष्य बनेको छ र त्यसैको लागि मरिहत्ते गर्छन् र निर्वाहमुखीहरुको नाममा शासन गर्ने नारारुपी ‘मन्त्र’ यहाँ सफल भैरहेको छ। सामान्य मान्छेलाई जुन मन्त्र को तन्त्र चले पनि केही फरक परेको छैन।चिनियाँ सामानले नभरिने हो भने बजार रित्तो हुन्छ, घर -घर खाली हुन्छ। प्रायः उपभोग्य बस्तु मा मेड इन लेखेको ठाँउमा अर्कै देशको नाम लेखिएको हुन्छ। मेशिनरी सामान हरु त झन सबै उतैको मात्रै छ।

सृजना,उत्पादन, दुरदृष्टी, व्यावसायिक गतिविधि सम्बन्धि दीर्घ योजना व्यबहारमा आउन बाँकी छ । दीगो बिकासको अवधारणा अवधारणामा नै सिमित छ।भबिस्यको कर्णधार भन्दै फुर्काइएको युवा बर्तमानमा चाहिँ के गर्दैछ खोजी गर्ने चलन छैन। ‘म आफू बांचेको सँसार कल्पना गरिएको स्वर्ग जस्तै होस भन्ने चाहन्छु तर कसरी भन्ने धोधारमा छ युवा….’ भौतिक बिकासलाई मात्र उन्नतिको सुचकको रुपमा लिइने गरिन्छ। स्वभाविक र क्रमिक बिकास निर्माणमा नै रमाइरहेको छ दुनियाँ । चमत्कारिक बिकास र सृजना हुन सकिरहेको छैन। जिङ्गरिङगे सँसारको एउटा भाग नेपाल बिगत २ दशक देखी दोस्रो बिश्वयुद्द पछिको विश्वकै नियती भोग्दै छ। कतै नुन छैन, आङमा लुगा पार्न बर्ष भरी हाड घोट्नु पर्छ। सिटामोल पाउँन घन्टौं हिड्नु पर्छ। भोक र गरीबीले मारिनेहरुको सँख्या थुप्रै छ। परंपरागत मान्यता र शैली नै जीवन घिसार्ने उपाय बनिरहेको छ। यहीँको थोरै भाग तुलनात्मक रुपमा आङ छोप्न र पेट भर्न सक्ने हैसियत राख्ने सक्षमता राख्दछ। ‘सुखी नेपाली र समृद्द नेपाल’  अरुले बनाइदिन्छ भनेर कुरेर बस्ने हो कि ?  कति समृद्ध बन्यो भनेर रेडियोरटीभिमा सुनेर बस्ने हो कि ? कि ब्यक्ति ब्यक्तिको सहभागीता र जिम्मेवारी आउँछ ? यस्तै यस्तै सोचेर जिङ्गरिङगे सँसारको नेपाल नामक एउटा कुना बाट सोचिरहेको मनुवालाइ कस्ले झकझकाउँने होला !


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।