एजेन्सी,यसै सिजन मात्र एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका एन्टाइन ग्रिजम्यानले क्याप नोउ आउनुको कारण खुलाएका छन् । हालै ‘यूइएफए’ टिभीसँग अन्तर्वार्ता दिने क्रममा फ्रेन्च स्टार ग्रिजम्यानले आफू उपाधिका लागि बार्सिलोना आएको बताए ।

फ्रान्सलाई रसिया विश्व कपको उपाधि दिलाएका ग्रिजम्यानले च्याम्पियन्स लिगको उपाधि जित्नका लागि आफू बार्सिलोनामा आएको बताए । एथ्लेटिकोले च्याम्पिन्स लिगको उपाधि जितेको भए बार्सिलोना नआउने उनले खुलाए । उनले भनेका छन्, ‘म कदापी एथ्लेटिको छोड्ने थिइँन यदि एथ्लेटिकोले च्याम्पियन्स वा अन्य केही उपाधि नजितेको भए ।’

‘मैले नयाँ खेल शैली सिक्नका लागि पनि एथ्लेटिको छोडेको हुँ’, उनले भने, ‘म अर्को टिममा रहेर फुटबलको नयाँ शैली सिक्न चाहन्थेँ । एथ्लेटिकोले कुनै वर्ष ला लिगा र च्याम्पियन्स लिग जित्न सक्छ ।’

ग्रिजम्यानले कप्तान लियोनल मेस्सी र लुइस स्वारेजसँगको सम्बन्धको विषयलाई लिएर पनि बोले । उनले मेस्सी र स्वारेजसँग आफ्नो सम्बन्ध सुधार भइरहेको बताए । उनले भने, ‘मलाई नयाँ पोजिसन सिक्नु छ र मेरा नयाँ सहकर्मीलाई बुझ्नु पनि छ । अझै पनि मलाई मेस्सी र स्वारेजको चालसँग गाँसिनु छ ।’

‘हो, म अरुसँग कुरा गर्न लजाउँछु’, उनले थपे, ‘तर, समयसँगै सबै ठीक हुनेछ । मेस्सी, स्वारेज र मैले एक–अर्कालाई बुझ्न थालिसकेका छौं । मैदानमा मात्र नभएर मैदानबाहिर पनि हामी मिल्न थालिसकेका छौं ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।