सांकेतिक तस्बिर

हेटौँडा,२५ मंसिर ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ पशुपति नगरमा क्षेत्रको पुर्व पह्चिम राजमार्गमा मोटरसाईकलले ठक्कर दिदा एकजना महिलाको ज्यान गएको छ । घटनामा अन्य दुईजना पनि घाईते भएका छन् ।

विरगंजबाट हेटौँडा तर्फ आउदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाईकलले ठक्कर दिदा एक महिलाको मुत्यु भएको तर उनको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्ला पर्सागढी नगरपालिका ५ का कञ्चन ठाकुर र मोटरसामइकलमा सवार भरतपुर महानगरपालिका १० का सर्मीला थापा घाईते भएका छन् । उनीहरु दुबैजनाको हेटौँडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।