मंसिर २५ –गृह मन्त्रालयले भोलि नेवार र किराँती समुदायलाई सार्वजनिक बिदा दिएको छ।

योमरी पुन्ही, उधौली, ज्यापु दिवस, धान्य पूर्णिमा, गैडु पूर्णिमा लगायतका पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको गृह प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

प्रवक्ता शर्माका अनुसार भोलि परेका पर्व मनाउँने सबै समुदायलाई बिदा दिने निर्णय भएको गृह मन्त्रालयले गरेको छ।

हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् ।

धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड भएकोले नेवार समुदायले विभिन्न उत्सव र पूजाआजा गर्ने गर्छन् । भोली पहाडी समुदायले पनि कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउने गर्छन् । यी तिन पर्व भोली एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।