मंसिर २४ – नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन । आज विभिन्न पाँच खेलहरुमा प्रतिस्पर्धा हुँदैछन् ।आज फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास जस्ता महत्वपुर्ण खेलहरु हुँदैछन् । यी सबै खेलहरु काठमाडौँ हुँदैछन् ।

पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

बास्केटबलको फाइनल खेल त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीच हुँदैछ ।त्यस्तै महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल हुनेछ ।

त्यस्तै कास्यपदका लागि महिला बास्केटबलमा भुटान र माल्दिभ्स आमने सामने गर्दैछन् भने पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

बक्सिङमा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

जुडोमा मंगलबार १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

स्क्वास खेलमा महिलातर्फ पाकिस्तान र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

कास्य पदकका लागि पुरुषतर्फ नेपाल र बंगलादेशबीच खेल हुँदैछ भने महिलातर्फ श्रीलंका र नेपालबीच खेल हुनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।