मंसिर २४ – १३ औं सागको पुरुष फुटबल अन्तर्गत जारी खेलमा भुटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ। चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका हुन्।

स्वर्णका लागि यतिबेला दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल भइरहेको हो। यसअघि खेलको १६ औं मिनेटमा अभिषेक रिजालले आकर्षक गोल गर्दै नेपाललाई सुरुवाती गोलको अग्रता दिलाएका थिए।

नेपालले लिग चरणमै फाइनलमा पुगेको भुटानलाई पराजित गरेको थियो। त्यसबेला भुटान नेपालसँग ४–० को गोल अन्तरमा पराजित भएको थियो।

नेपाल साग फुटबलमा छैठौं पटक फाइनलमा पुगेको हो।

यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको थियो। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको थियो।

नेपालले फुटबलमा स्वर्ण जित्ने लक्ष्य लिएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।