file photo

पूर्वराजा ज्ञानेन्द्र शाहले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले हासिल गरेको परिणामले आफूलाई अत्यन्त खुसी लागेको बताएका छन् ।पूर्वराजा शाहले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने कामनासमेत गरेका छन् ।

‘यसपालिको १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परिणाममा मलाई अत्यन्त खुसी लागेको छ । यो उपलब्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाइ दिन चाहन्छु’–विज्ञप्तिमा भनिएको छ–‘आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको छ ।’

साथै, १३औं साग सफलतापूर्वक सम्पन्न गरेकामा उनले आयोजक एवं व्यवस्थापक सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । ‘नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति मेरो हार्दिक शुभकामना छ’–विज्ञप्तिमा उल्लेख छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।