हेटौँडा,२४, मंसिर ।

नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भब्यताको साथ सम्पन्न गरेको छ ।

आज भएको साग समापन भन्दा केहि मिनेट अघि नेपालले सबैभन्दा लोकप्रिय खेलको रुपमा रहेको फुटबलमा स्वर्ण पदक जित्दै ऐतिहासिक ५१ वटा स्वण सहित सागको समापन गर्यो । नेपालले स्वर्ण पदक पाएको खेलमा मकवानपुरका सुनिल बल लामाले विजयी गोल समेत गरे । योसँगै मकवानपुरमा यो पटक सागमा ३ जना स्वर्णधारी बने ।

यो पटक मकवानपुरको तर्फबाट बलसँगै संजिप ओझाले डबल पुम्से (तेक्वान्दो) विधामा स्वर्ण पदक जिते भने मकवानपुर मनहरी निवासी महसुस मुक्तानले कराते टिम काता तर्फ स्वर्ण पदक जिते ।

नेपालले ऐतिहासिक रुपमा ५१ वटा स्वर्ण जितेको सागमा मकवानपुरेको योगदान उच्च रह्यो । उनीहरुले मकवानपुरको त शान बढाए नै देशको नै सान बढाए । तेक्वान्दो, कराते सहित मार्सल आर्ट विधामा मकवानपुर जिल्ला देशकै अब्बल दर्जामा रहेको थियो । केहि वर्षयता यो साख खस्केको भन्ने आलोचना भैरहेको अवस्थामा मकवानपुरे युवाहरुले जितेको स्वर्णले मकवानपुर कमजोर छैन भन्ने प्रमाणित समेत भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।