हेटौंडा,२४ मंसिर – हेटौडा उपमहानगरपालिका ४ कान्ति राजपथ स्थित सडक छेउमा पार्किङ गरिराखेको एञ्जल मास्केको मोटरसाइकल कात्तिक २८ गते हरायो । मास्केले आफ्नो मोटरसाइकल हराएको प्रहरीमा खबर गरे । प्रहरीले उप्त हराएको मोटरसाइकलको तदारुकताको साथ खाजी गर्यो ।

करिब १ महिना अघि हराएको हेटौडा ५ निवासि मास्केको ना. १७ प ८८८९ नं. को मोटरसाइकल प्रहरीले मंसिर ६ गते हेटौंडा ४ स्थित सडकखण्डबाट फेला पार्यो । मास्केको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत वडा एरियाहरूमा तदारुकताका साथ खोजतलास गर्दा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई मंगलबार बुझाएको हो ।

केहि समयदेखी मकवानपुरमा सवारी साधन हराउने क्रम देखिएपनि प्रहरीको सक्रिएताले भेटिने गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।