
हेटौँडा,२४ मंसिर । मकवानपुरको हेटौँडा उपमहनगरपालिकामा सडक निर्माण धमाधम भैहेको छ । तर उपमहानगरपालिका क्षेत्रका केहि सडक यति धेरै विग्रिएको छ कि पैदल यात्री तथा सवारी साधनलाई समेत समस्या भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर २ को पुरानो मकवानपुर रोडको हालत यस्तै छ । सडकको विचमा ठुला ठुला प्वाल परेको छ । जसको कारण दुर्घटनाको संभावना बढेको छ । उपमहानरपालिकाले सडक निर्माणमा मात्र ध्यान दिएको तर नियमित मर्मतमा ध्यान नदिदा यस्तो समस्या भएको स्थानीयहरुको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्