हेटौँडा,२४, मंसिर ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट रहेका मकवानपुर थाहा नगरपालिका वडा नंबर ४ का पृथ्वीराज अधिकारीले पार्टी परित्यागको घोषँणा गरेका छन् ।

आज न्युज क्लब नेपाल, हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अधिकारीले पार्टी परित्यागको घोषणा गरेका हुन् । ५५ दिनसम्म प्रहरी हिरासतमा रहेर मंसिर २३ गतेमात्र रिहा भएका थिए ।
पक्राउ परेको २५ दिनमा रिहा भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेपछि ५५ दिन प्रहरी हिरासतमा रहेका थिए । रिहा भएलगत्तै स्वतन्त्र नागरीक भएर घर परिवारसँग रहेर शान्तिपूर्ण रुपमा जिवन निर्वाह गर्नका लागि आफुले पार्टी त्याग गरेको अधिकारीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।