रुपन्देही, २४ मंसिर,रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सोमबार राति सियारी गाउँपालिका-७ भर्तापुरमा लु २ ख १७२८ नम्बरको खाली टिपर दुर्घटना हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ बेतेनीका ३० वर्षीय राज कुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।