त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टिकटका लागि भित्र छिर्न खोज्दा फुटबल समर्थकमाथि प्रहरीले कुटपिट गरेको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल र भुटानबीच मङ्गलबार हुने फुटबलको फाइनलको टिकटका विषय विवादमा भएको थियो ।

फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारणमाथि प्रहरीले रङ्गशालाबाहिर कुटपिट गरेको हो । मंगलबार नेपाल र भुटानबीच खेल हुँदैछ भने सागको समापन समारोह हुँदैछ । त्यसका लागि टिकट खोज्दै समर्थकहरु रंगशाला पुगेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।