हेटौंडा, २४ मंसिर – चिसोका कारण समस्यामा खेपिरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का चेपाङ्ग बालवालीकाहरुलाई राहत स्वरुप लत्ता कपडा वितरण गरिएको छ । आउदै गरेको ईसाई धर्मालम्बीहरुको महान पर्वको रुपमा रहेको ख्रिष्टमसको अवसर साथै बालवालिकाहरु चिसो मौसममा न्यानो कपडा नभएका कारण बिरामी पर्न थालेको खबर आए पछि हेटौडा १५ अवस्थित रहेको साल्वेशन चर्च र साल्वेशन चर्च चितवान शाखाले बालबालिकाहरुलाई सहयोग गरेका हन् ।

वडा नम्बर ८ का ४० जना बालवालीकाहरुका लागि १० थान ज्याकेट र ३० थान ट्याकसुट वितरण गरेको साल्वेशन चर्च हेटौडाका पास्टर दिपक लामा भोलोनले जानकारी दिनु भयो । सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै सेवा भाव देखाएकोमा खुसि ब्यक्त गर्दै आगामि समयमा वडा समेत अझै संबेदनशिल भएर लागि पर्ने ८ का अध्यक्षले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।