मंसिर २४ – संघीय संसद सेवा दिवसका अवशरमा संसद सचिवालयका कर्मचारी र सांसदहरुले मैत्रीपूर्ण फुटबल खेलेका छन । मंगलबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा संसदका कर्मचारीको टिमले सांसदको टिमर्लाइ पराजित गरेको छ ।

कर्मचारीको टिमले सांसदहरुको टिमलाई ४—० गोलअन्तरले पराजित गरेको हो । सांसदहरुको टिमको नेतृत्व राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले गर्नुभएको थियो ।

कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गर्नुभएको थियो । संघीय संसद सेवा दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।