साङ्केतिक तस्वीर

वीरगन्ज, २४ मंसिर,पर्साको वीरगञ्जमा आमाछोरीको शव फेला परेको छ । वीरगञ्ज-१२ मुरलीस्थित एक घरमा सोमबार साँझ बन्द कोठाभित्र उनीहरूको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोठामा बाहिरबाट ताला लगाएको थियो । उक्त कोठामा एक परिवार भाडामा बस्ने भएकाले घरबेटीले पनि बन्द कोठाबारे चासो राखेका थिएनन् ।

सोमबार शव कुहिएको जस्तो गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोड्दा शव भेटिएको थियो । कोठामा कलैया २६ का पवन साह उनकी श्रीमती र छोरी बस्थे । श्रीमती र छोरीको शव फेला पर्दा पनि पवन भने प्रहरीको सम्पर्कमा आएका छैनन् । श्रीमती र छोरीको हत्या गरेर भागेको हुन सक्ने भन्दै प्रहरीले उनको खोजी गरिरहेको छ । दुबै जनाको शव पोस्टमार्टमका लागि नारायणी क्षेत्रीय अस्पताल लगिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।