file photo

मंसिर २३ – काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । जंगी अड्डामा सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले फास्ट ट्रयाक निर्माण २०८१ सालमा सकिने जानकारी दिएको हो ।

उनकाअनुसार कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ । महादेवडाँडामा ३.३३५ किमी, धेद्रेमा १.६३० किमी र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ मार्ग हुने जानकारी दिएका उनले फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुने बताए  ।

ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याकमा ८७ वटा पुल निर्माण हुने जानकारी दिएका उनले ८७ वटा पुलमध्ये १६ वटा विशेष प्रकृति र ७१ वटा सामान्य खालका बन्ने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।