मंसिर २३- १३ औैँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत सोमबार १३ खेल हुँदैछन् ।

सोमबार क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् ।

कीर्तिपुरको क्रिकेट मैदानमा पुरुष क्रिकेट टिमको स्वर्ण पदकको छिनोफानो हुने छ । स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दा कास्य पदकका लागि नेपाल र माल्दिभ्स भिड्ने छन् ।

बास्केटबलमा सोमबार सेमिफाइनलको खेल हुँदै छ । सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

महिलाको इभेन्टमा नेपाल र माल्दिभ्स तथा भारत र भुटान भिड्ने छन् । थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल र फाइनल खेल सोमबार नै हुने छ ।

बक्सिङमा सोमबार ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । आर्चरमा पनि ४ स्वर्ण पदकको छिनोफानो लाग्ने छ ।

सुटिङमा सोमबार एउटा स्वर्ण पदकको छिनोफानो लाग्ने छ । टेनिसमा महिला र पुरुषको सिंग्ल्स तर्फको स्वर्ण पदकका लागि भिडन्त हुँदैछ । कुस्ती, जुडो, पौडीमा पनि स्वर्ण पदकको छिनोफानो लाग्न बाँकी छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।