जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको उपाधिका लागि सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा भैरहेको छ। पोखरा रंगशालमा जारी खेलमा भारतले अग्रता लिएको छ । भारतका लागि १७ औँ मिनेटमा एनजी बालादेवीले गोल गरेकी हुन् ।

सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो । तर भारतसँग १–० ले पराजित भएको थियो । भारत श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।