१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि भएकाे प्रतिस्पर्धामा भारतसँग नेपाल २-० ले पराजित भएकाे छ ।  पोखरा रंगशालामा भएकाे खेलमा खेलको १८ औं मिनेटमा नेपालले पहिलाे गोल खान पुग्यो । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै भारतका लागि बाला देवीले  गोल गरिन् ।

पहिलाे हाफमा एक गाेलले पछि परेकाे नेपालले दाेस्राे हाफकाे सुरूवातमा नै अर्काे गाेल खायाे । भारतका लागि बाला देवीले नै खेलकाे ५६औँ मिनेटमा दोस्राे गाेल गरिन् । नेपालले भारतलाई हराउँदै सागमा ऐतिहासिक स्वर्ण पदक जित्ने याेजना बनाए पनि त्याे सफल हुन पाएन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।