एजेन्सी,पछिल्लो समय बार्सिलोनाका कप्तान लियोनल मेस्सीको सन्यासको विषय चर्चामा छ । ३२ वर्षीय अर्जेन्टिनी कप्तान मेस्सीले सन्यास लिने–नलिने वा उनको सन्यासको मितिको विषयमा विभिन्न चर्चा परिचर्चा भइरहेको छ । मेस्सीले पनि हालै बालोन डी‘ओरको समारोहमा फुटबल करिअरको अन्त्य गर्ने दिन आउँदै गरेको बताएका थिए । गत साता सर्वाधिक छैटौंपटक बालोन डी‘ओर जितेपछि मेस्सीले भव्य समारोहमै भनेका थिए, ‘मेरो सन्यासको समय नजिकिँदै छ ।’

यस्तैमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पनि आफ्ना सुपरस्टार मेस्सीको सन्यासको विषयमा मुख खोलेका छन् । उनले मेस्सीको सन्यास दिनको बारेमा आफू चिन्तित नरहेको बताएका छन् । शुक्रबार क्याटालुनिया रेडियोसँग उनले भने, ‘म मेस्सीको सन्यासको दिनलाई लिएर चिन्तित छैन । म मात्र नभएर हाम्रो क्बल नै मेस्सीको सन्यासको विषयलाई लिएर चिन्तित छैन ।’

उनले कारण दिँदै भने, ‘म उनीले नयाँ सम्झौतामा हस्ताक्षर गरेको देख्न चाहन्छु । उनीसँग अझै पनि समय छ । हामीले यस विषयमा धेरैपटक कुरा गरिसकेका छौं । बार्सिलोनामा नै निरन्तरता दिन उनीसँग त्यस्तो समस्या नै छैन । उनले सन्यास लिइन्जेलसम्म यहाँबाट नै खेल्नेमा मलाई कुनै शंका नै छैन । उनले जब चाहन्छन् तब सन्यास लिन सक्नेछन् ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।