हेटौंडा २२ मंसिर,जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत नेपाली पुरुष फुटबल टिम फाइनलमा प्रवेश गरेको छ। आईतबार साँझ सम्पन्न खेलमा कम्तीमा बराबरी गर्नु पर्ने दबाबमा खेलेको नेपालले बंगलादेशलाई १-० ले हराउँदै पुरूष फुटबलको फाइनलमा स्थान बनाएको हो।

नेपालले ११ औं मिनेटमा सुनिल बलको गोलमा अग्रता लिएको थियो। त्यही गोल नेपालको जितमा निर्णायक बन्यो । सुनिल बलले बायाँ भागबाट रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसंगको तालमेलमा गोल गरेका थिए। नेपालले अब स्वर्ण पदकका लागी २४ मंसीरमा भुटानसंग प्रतिश्पर्धा गर्नेछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।