हेटौँडा ।
मकवानपुरको हेटौँडामा ट्रकले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । आज साँझ ना८ख २२५९ को ट्रकले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ बसामाडीमा ठक्कर दिँदा स्थानीय लालबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकको ठक्करबाट घाईते भएका राईको हेटौँडा ११ मा रहेको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।