मंसिर २२- १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत महिला क्रिकेटको उपाधि बंगलादेश जितेको छ । बंगलादेशले श्रीलंकालाई दुई रनले हराउँदै रोमाञ्चक जित हात परेको हो ।

पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा बनाएको थियो । बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले चार विकेट हात पारिन् ।

९२ रनको लक्ष्य पछ्याउदै गरेको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । तर, बंगलादेशले ४ रन मात्र जोड्न सफल भएको थियो । अन्तिमका दुवै ब्याट्सउमन रन आउट भएक थिए । श्रीलंका ८९ रनमा अलआउट भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।