मंसिर २२ – जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतबार फुटबल, आर्चरी, कुस्ती, बक्सिङ, फेन्सिङ, जुडो, पौडी, बिच भलिबल, कबड्डी, भारत्तोलनका खेलहरु हुने छन् ।

पुरुष फुटबलमा आज नेपालको महत्वपूर्ण खेल हुदै छ । पुरुष फुटबलमा नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल हुनेछ । स्वर्ण पदकको बाटोमा नेपालले यो खेल कम्तिमा बराबरी खेल्नु पर्ने छ ।

पोखरामा आर्चरीतर्फ २ स्वर्णको लागि खेलस हुने छ भने बक्सिङतर्फ ललितपुरस्थित सातदोबाटोको कराते कबर्डहलमा बक्सिङको सेमिफाइनलका खेल हुनेछन् ।

त्यस्तै लगनेखलस्थित आर्मी कबर्डहलमा जुडोका ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने कीर्तिपुरको नयाँ बजर कबर्डहलमा फेन्सिङको ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै सातदोबाटो पौडी कम्प्लेक्समा ८ स्वर्णका लागि साँझ ४ बजेबाट प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै पोखरामा बीच भलिबल र भारोत्तोलनका प्रतिस्पर्धा जारी रहनेछन् भने जनकपुरमा जारी कुस्तीतर्फ ४ स्वर्णका लागि खेल हुनेछन् ।

जारी सागमा नेपालले अहिलेसम्म ४३ स्वर्ण ३४ रजत र ६५ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।