हेटौंडा, मंसिर २२ – बकैया गाउपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बकैया गाउपालिकाका महिला जनप्रतिनिधि र महिला पत्रकारबीच आइतबार अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बकैया गाउपालिका उपाध्यक्ष सरला वोलखेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा मकवानपुर सचिवालय सदस्य लक्ष्मि माझी , नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरिता दहाल, जनप्रतिनिधिहरू गोपिनि विक, जिराकुमारि दहाल, देविमाया जिम्वा, निर्मला राई, पत्रकार महासंघ मकवानपुरकी सहसचिव शुभलक्ष्मि विक, पत्रकारहरू नानिमैया सापकोटा, सम्झना रिजाल, सिर्जना नेपाल, पविना लामा, अन्जलि थापा लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनप्रतिनिधि महिलाहरूलाई आफ्नो पारिवारिक जिवन र जनप्रतिनिधि भई काम गर्न सहजता असहजता तथा निर्णायक प्रक्रियामा आफ्नो भुमिका कतिको महत्वपुर्ण रहेको छ भन्ने विषयमा छलफल भएको थियो ।

 

कार्यक्रममा बकैया गाउपालिका उपाध्यक्ष सरला वोलखेले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई पुरूषहरूले स्विकार नगरेकोमा दुखेसो व्यक्त गर्नुभएको छ ।

लैङ्गिक हिंसा भनेको महिलामा मात्र हुँदैन पुरूषमा पनि हुने बताउँनुहुँदै वोलखेले महिलाका सवालमा कुरा उठ्ने बित्तिकै पुरूष सहकर्मिहरू पछि हट्ने गरेको र अभियानमा सहभागि नभई समर्थन नगरेको प्रति दुखेसो व्यक्त गर्नुभएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।