हेटौंडा, मंसिर २२- ३ नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भडेलले आइतबार सपथग्रहण गरेका छन् ।

प्रदेशसभा सचिवालय हेटौँडामा आयोजित सपथग्रहण कार्यक्रममा उनले सपथग्रहण गरेका छन् । उनलाई ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । सपथग्रहण पछि संचारकर्मीहरुसंग कुरा गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्य भडेलले विकासको काममा तीनै तहसंग समन्वय गरी काम गर्ने बताए । उनले आफु यसअघि पनि जनताकै काममै खटिएको बताउँदै प्रदेशसभा सदस्यको रुपमा आफ्नो कार्यकाल पनि जनताकै हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशसभाका सचिव रामशरण घिमिरे, प्रदेश मामिला समितिका सभापति बलराम पौडेल, नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले, नेकपाका सचेतक बुद्धिमान माझी, सांसद भीमसेन खत्री लगायतको उपस्थिति रहेको थियो ।

मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित हुनु भएको थियो । यो संगै ३ नम्बर प्रदेशसभामा नेपाली कांग्रेसको सांसदको संख्या २२ पुगेको छ ।

सो अवसरमा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले प्रदेशसभा सचिवालयद्वारा प्रकाशित ‘प्रदेश तेस्रो दर्पण’ स्मारिकाको पनि आजै सार्वजनिक गरेका थिए ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।