एजेन्सी, २२ मंसिर । भारतको नयाँ दिल्लीस्थित एक खाद्य गोदाममा आगलागी हुँदा ३५ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।

आइतबार बिहान नयाँ दिल्लीस्थित झाँसी रोडमा सुरु भएको आगलागीका कारण उक्त खाद्यान्न गोदाममा कार्यरत कामदारहरुको मृत्यु भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सो स्टोरभित्र अझै धेरै मानिस फसेको हुन सक्ने आशंकामा खोजी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगो नियन्त्रणमा लिन ३० वटा दमकल परिचालन गरिएको थियो । आगलागी भएको क्षेत्र साँघुरो गल्लीभित्र भएकाले दमकललाई आगो निभाउन समय लागेको अधिकारीहरूले बताएका छन् । मजदुरहरु सुतिरहेका बेलामा आगलागी भएको कारणले धेरै संख्यामा मानवीय क्षति भएको जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।