मंसिर २२ – भारतको राजधानी दिल्लीस्थित रानी झाँसी रोडमा रहेको अन्न बजारमा आइतबार बिहान ठूलो आगलागी भएको छ। घटनामा ३५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीपछि उक्त इलाकामा हलचल मच्चिएको थियो। ५६ जनाको उद्धार गरिएको छ। धेरै मानिस गम्भीर घाइते छन्। अहिले उद्धार जारी छ। ३० भन्दा बढी दमकल परिचालन गरिएको छ।

घाइतेहरुलाई अस्पताल लगिएको छ। अस्पतालमा ३२ जनाको मृत्यु भएको हो। घाइतेहरुलाई आरएमएल , एलएनजेपी , हिन्दू राव र सफदरजगलन अस्पतालमा भर्ना गरिएको छ। अन्न बाजारको एउटा भवनबाट बिहान करिब ५ बजे आगो सुरु भएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।