file photo

मंसिर २२ – गाई काटेको अभियोगमा ताप्लेजुङमा दुईजना पक्राउ परेका छन् ।

फुङलिङ नगरपालिका-८ नाम्लेपाटीका २८ वर्षीय प्रकास लिम्बू र सोही ठाउँका २१ वर्षीय हेमराज गुरुङ पक्राउ परेका हुन् । गाई काटेर मासु टुक्रा पारिरहेको अवस्थामा शुक्रबार दुबैजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

दुबैलाई कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आइतबार जिल्ला अदालतबाट म्याद थपी गौवध मुद्दा शिर्षकमा अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक विष्णु खड्काले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।