
काठमाडौँ । ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ। कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो । आक्रोशित स्थानीयले दुर्घटना गराउने ट्रक जलाएका छन् भने सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्