हेटौडा–४ स्कुलरोडमा रहेको आइटेक युनिभ प्लसले मकवानपुर क्याम्पसले आयोजन गर्न गइरहेको बिबिए ,बिबिएम कप सेभेन ए साइड फुटबल प्रतियोगिताका लागी जर्सि सहयोग गरेको छ । आज एक कार्यक्रमका बिच बिबिएम अन्तिम सेमेस्टरको टिमलाई जर्सि हस्तातरण गर्दै आइटेक युनिभ प्लसका म्यानेजिङ डाइरेक्टर जयराम कार्कीले बिद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसि लागेको र आगामी दिनमा पनि विद्यार्थी लक्षित सामाजीक उत्तरदायित्वमा अझ ध्यान दिने बताउनु भएको छ ।
यसैबिच आज बाट सुरु हुने भनिएको प्रतियोगिता आन्तरिक कारणले स्थगित भएको छ । अब प्रतियोगिता मंगलबार बाट सुरु हुने जनाइएको छ । ३ दिन सम्म हुने प्रतियोगितामा बिबिए र बिबिएम अध्ययनरत विद्यार्थीहरुको ८ टिम बिच खेल हुनेछन । प्रतियोगिताको प्रथम हुने टिमले नगद १५००० सहित सिल्ड मेडल प्राप्त गर्नेछन भने काठमान्डौकोे एनसिसि कलेजले आयोजना गर्ने नेशनल इन्टर कलेज सेभेन ए साइड फुटबल प्रतियोगितामा भाग लिन पाउने बिबिएम अन्तिम सेमेस्टरका टिम क्याप्टेन सोमित क्षत्रीले जानकारी दिएका छन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।