१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल, बंगलादेश यू-२३ सँग ४४ रनले पराजित भएको छ । साग मा नेपाल पुरुष क्रिकेटको फाइनल पुग्न असफल भयो । यससँगै नेपालको क्रिकेटमा स्वर्ण सम्भावना सकियो । अब काश्य पदकका लागि खेल्नेछ । कीर्तिपुरस्थित टियू मैदानमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछछ्याएको नेपालले ९ विकेट गुमाएर १११ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पारस खड्का ९ र रोहितकुमार पौडेलले ८ रनमा आउट भए । ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३र३ रन मा आउट हुँदा करण केसी १ रनमा पभेलियन फर्किएका थिए । पवन सर्राफ र आरिफ शेखले खाता नै खोल्न सकेनन् ।

बंगलादेशका लागि सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २र२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । पारस खड्काले घातक बलिङ गर्दा उसले १६ रन बनाउँदा ३ पिवकेट गुमाएको थियो । तर कप्तान नजिमुल हसनले उत्कृष्ट पारी खेले । यासिर अलीसँग ४३ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि अफिफ हुसेनसँग ९४ रनको साझेदारी गरेका थिए । आक्रामक पारी खेलेका अफिफदले २८ बलमा ५२ रन जोडे । ६० बलको सामना गरेका हसन ७५ रनमा अविजित रहे ।  नेपालका लागि पूर्वकप्तान पारस खड्काले ३ विकेट लिए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराले पनि एक विकेट लिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।