हेटौँडा, मंसिर ।
विवाहपूर्वको यौन सम्पर्कलाई तपाईं कसरी लिनुहुन्छ ? विवाह पूर्वको यौनसम्पर्कका कारण एक युवकले निकै खतरनाक सजाय भोग्नुपरेको छ ।

यो घटना इन्डोनेशियाको हो । त्यहाँको एक युवकले आइतवार विवाह पूर्व यौन सम्पर्क गरेको भन्दै सजाए पाएका छन् । ती युवकलाई डोरीले हिर्काइएको छ । डोरीले हिर्काउँदा पटक पटक बेहोस भएका उनलाई होस खुलेपछि पुनः डोरीले नै हिर्काइएको छ ।

गम्भिर घाइते बनेका उनको अहिले अस्पतालमा उपचार भइरहेको एजेन्सीले बताएको छ । अहिले सन्सारभर उनलाई यस्तो सजाय दिएकोमा आलोचना भइरहेको छ । इस्लामिक कानुनअनुसार इन्डोनेसियामा कानूनले प्रतिबन्धित गरेका कार्यका लागि यस्तै सजाय दिइने बताइएको छ ।

विश्वकै सबैभन्दा बढी मुस्लिम रहेको देश इन्डोनेशियामा धार्मिक कानून लागू भएको छ । आइतवार २२ वर्षीय मानिसलाई १०० पटक डोरीले हिर्काइएको थियो । युवकले एक महिलासँग शारीरिक सम्बन्ध राखेका थिए । त्इसकारण उनलाई यति ठूलो सजाय दिइएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।