२१ मंसिर, राप्ती नगरपालिकामा रहेको चेपाङ राजमार्गमा अटो दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । राप्ती नगरपालिका वडा नंबर भएको दुर्घटनामा अटोमा सवार ४ जना यात्रृको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते रहेको प्रत्यक्षदर्शीले बताएका छन ।

भण्डारा बजारबाट केहि किलोमिटर उत्तरमा चेपाङ राजमार्गअन्तर्गत ओरालो क्षेत्रमा ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना भएको हो । ओरालो सडकमा तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने घटनास्थलमा रहेका पत्रकार दिल रुम्बाले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।