१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले अहिले माल्दिभ्सको सामना गर्दै छ। दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले २-१ को अग्रता कायम गरेको छ। पहिलो हाफमा नेपालले माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो। खेलको ५१ औं मिनेटमा अनन्त तामाङले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।

खेलको १७ ‍औं मिनेटमा माल्दिभ्सका हुसेनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। नेपालका अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।