१३ औं साग अन्तर्गत माल्दिभ्स विरुद्धको फुटबलमा नेपालले जित हासिल गरेको छ। नेपालले दशरथ रंगशालामा सम्पन्न खेलमा २–१ को जित निकालेको हो।

माल्दिभ्सले खेलको १७ औं मिनेटमा इब्राहिम हुसेनको गोलबाट सुरुवाती गोलको अग्रता लिएको थियो। तर नेपालले खेलको ४३ औं मिनेटमा बराबरी गोल फर्कायो। अभिषेक रिजालले गोलगर्दै बराबरी गोल फर्काएका थिए।

खेलको ५१ औं मिनेटमा अनन्त तामाङले नेपालका लागि दोस्रो गोल गरेपछि नेपालले अग्रता बनाएको थियो। अन्तत अनन्तको गोल नै खेलमा निर्णायक सावित भयो । यो जितले नेपाल ३ खेलमा सात अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । त्याे खेलमा नेपाल बराबरीमा रोकिए पनि फाइनलमा पुग्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।