१३औं दक्षिण एसियाली खेदकुद (साग) को महिला क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । अञ्जली चन्दको उत्कृष्ट बलिङसँगै नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पारेको हो ।

पोखरा मैदानमा भएको खेलमा नेपालले कमजोर टिम माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो । नेपालकी अञ्जलीले ४ ओभर बलिङ गरिन् र ३ मेडन राख्दै मात्र १ रन खर्चिर ४ विकेट लिइन् । यस्तै कप्तान रुविना क्षेत्री र सीता राना मगरले समान २|२ विकेट लिएकी छन् । ९ रनको लक्ष्य मात्र नेपालले मात्र ७ बलमा विना विकेटको क्षतिमा भेट्टायो । स्वर्णका लागि माल्दिभ्स र श्रीलंका महिला टोलीले आइतबार प्रतिस्पर्धा गर्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।