मंसिर २१ – १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत एथ्लेटिक्सको म्याराथन अन्तर्गत पुरुष तर्फ नेपालले स्वर्ण पदक जितेको छ।

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन्।

नेपालले ३२ वर्षपछि म्याराथनमा स्वर्ण पदक जितेको हो।

म्याराथनमा नेपालका धावक वैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । वैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।

किरणको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ४२ पुगेको छ भने नेपालले एथ्लेटिक्समा ३ स्वर्ण जितेको छ । यसअघि जारी सागमा सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले एथ्लेटिक्समा स्वर्ण जितिसकेका छन् ।

१९९५ को सागपछि म्यारथनमा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । १९९५को सागमा टीका बोगटीले स्वर्ण पदक जितेका थिए । २०१० मा राजेन्द्र भण्डारीले म्याराथनमा स्वर्णमा जिते पनि डोपिङका कारण उनको पदक खोसिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।