
रौतहट,रौतहटको एक इँटाभट्टामा प्रेसरकुकर बम भेटिएको छ । जिल्लको राजपुर नगरपालिका वडा नंबर ७ स्थित चौधरी इँटाभट्टामा शनिबार बिहान ११ बजेको समयमा झोला भित्र उक्त बम भेटिएको हो ।
भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजलको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताएका छन् । उनका अनुसार कामदारले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेनाले करिब १ बजेतिर बमलाई निष्क्रिय पारेको उनले बताएका हुन् । इँटाभट्टाका संचालक विनोदप्रताव जैसवालले भने आफूलाई अज्ञात व्यक्तिबाट बेलाबेलामा धम्की आउने गरेको बताए । संचालक जैसवालले केही व्यक्तिले पटकपटक चन्दा माग्दै आएको र आफूले नदिएपछि डर देखाउन बम राखेको बताएका छन् । बम अज्ञात समूहले राखेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्