
हेटौंडा, २१ मंसिर,कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाँउ हो । घान्द्रुक कास्कीको पोखराको बाग्लुङ बसपार्कबाट करिब ४ घण्टा सवारी साधनको यात्रामा सिधै पुग्न पनि सकिन्छ । यदि पदयात्रा गर्न मन भएमा करिब ३ देखि ४ घण्टामा नयाँपुलबाट घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकमा गुरुङ जातिको संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ । यहाँबाट अन्नपूर्ण दक्षिण, माछापुच्छ्रे ,हिउँचुलीसाथै अरु धेरै हिमालहरुको सुन्दर दृश्यहरु पनि देख्न सकिन्छ ।
ढुङगाले कुदेर बनाइएका गुरुङ समुदायका घर र नजिकबाट देखिने अनपूर्ण र माछापुच्छ्रे हिमालको अनुपम दृश्यहरुले जसको पनि मन लोभिन्छ । यहाँ गुरुङ होमस्टे साथै होटलहरु रहेको छ । होमस्टे अन्य होटलमा भन्दा केही सस्तो समेत रहेको छ । घान्द्रुकबाट सूर्योदय र सूर्यास्तको उत्कृष्ट दृश्य देख्न सकिन्छ ।
हेनुहोुस् घान्द्रुकमा खबरब्रेकले लिईएको तस्विरहरु :
तस्विरहरु:खबरब्रेक
प्रतिक्रिया दिनुहोस्