हेटौँडा,२०, मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता माधवकुमार नेपालले भर्खरै सम्पन्न उप निर्वाचनले नेकपामा खतराको घण्टी बजाएको बताएका छन् ।
पश्चिम मकवानपुरको मनहरीमा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले बिगतमा कम्युनिष्टकै गढ मानिएका क्षेत्रहरुमा पराजय बेहोर्नु खतराको घण्टी भएको बताए ।
चितवन र धरानमा देखिएको उथलपुथलले नेकपालाई झस्काएको भन्दै उनले नेकपामा जित्दा मात्तिने, हार्दा आत्तिने प्रविधिको अन्त्य गरि संगठन सुदृढ बनाउनुको विकल्प नरहेको स्पष्ट पारे र

उनले भने ‘हामीले पोखरामा जित्यौँ, दाङमा जित्यौँ भनेर उफ्रिने र मात्तिने बेला छैन’, नेता नेपालले भन्नुभयो–‘खतराको घण्टी बजेकाले निर्मम समिक्षा गरेर अघि बढ्नुको बिकल्प अब नेपाल कम्युनिष्ट पार्टीसँग छैन ।’

उहाँले केही दिनमै स्थायी कमिटीको बैठक बस्न लागेकाले उपनिर्वाचनको समिक्षासहित पार्टी एकताको सबै कामहरु टुङ्गिने विश्वास व्यक्त गरे । स्थायी कमिटी बैठकले पोलिट्ब्यूरो कमिटी निर्माण गर्ने एजेण्डाले सार्थकता पाउने दाबी गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।