हेटौंडा, २० मंसिर – प्रदेश तीन को राजधानी हेटौंडामा आज एक कार्यक्रमका बिच ने क पा विप्लवले नेपालको नक्शा प्रदर्शन कार्यक्रम आयोजना गरेको छ । भारतले नेपालको सिमाना हस्तक्षेप गरेको साथै नेपाली भूमीलाई समेत आफ्नो देश भन्दै भारतले नक्शा सार्वजनिक गरेपछी नेपाली भूमी जोगाउन देशका बिभिन्न स्थानमा ने क पा विप्लबले बिरोधका कार्यक्रम गर्दै आएको छ ।

राज्यले नेपाली राजनितीमा ने क पा विप्लवलाई प्रतिवन्ध लगाए पनि विप्लवले सिमाना को बिषयमा नागरिकलाई सचेत गराउदै विविध कार्यक्रम आयोजना गरी विरोध जनाउदै आएको हो ।

आज हेटौडा उपमहानगरपालिकाको १८ नम्वर वडाको हर्नमाडीमा लेपुलेक हाम्रै हो भारतिय विस्तरवाद मुर्दावाद भन्दै नारा जुलुस सहित नेपालको नक्शा प्रदर्शन गरेको थियो ।

विप्लव मकवानपुरका सेक्रेटरी पासाङको उपस्थातीमा आयोजना गरिएको कार्यक्रममा चार दर्जन बढीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सेक्रेटरी पासाङले भने ‘हामी जुन सुकै मुल्य चुकाउन पनी तयार छौ तर हाम्रो भूमी भारतलाई दिने पक्षमा छैनौ ‘ पासाङले सबै नेपालीलाई अत्याचार विस्तारवाद भष्ट्रचारका विरुद्ध लड्न समेत आग्रह गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।