file photo

मंसिर २० – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।

जाइका अल्मुनाई एसोसिएशन अफ नेपाल (जान)को ४६औँ वार्षिक कार्यक्रमका अवसरमा आज आयोजित दक्षिण एशियामा प्राकृतिक विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा उहाँले जाइका नेपालको महत्वपूर्ण विकास साझेदार संस्था भएको र यसले नेपालको भूकम्पपछिका निजी घर, सार्वजनिक पूर्वाधार, सांस्कृतिक पुरातात्विक सम्पदालगायत पुनर्निर्माणमा गरेको सहयोगको प्रशंसा गरे ।

उहाँले नेपाल उच्च भूकम्पीय जोखिम भएको मुलुक भएकाले पनि जापानको सहयोग प्रकृतिक प्रकोप व्यवस्थापनमा महत्वपूर्ण हुने बताउनुभयो। मन्त्री ज्ञवालीले नेपालले भ्रमण वर्ष २०२० को अवसरमा सगरमाथा संवाद गर्न लागेको समेत जानकारी गराउनुभयो । उहाँले जाइकालाई नेपालको पुनःनिर्माण, स्वास्थ्य, शिक्षा, पुर्वाधार निर्माण लगायतका क्षेत्रमा गरेको सहयोगलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जापान सरकार, जाइका तथा अन्य अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको कारण नेपालले पुनःनिर्माणको कामलाई गति दिन सकेको बताउनुभयो


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।