मंसिर २० – अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा सुधारको लागी मध्यकालीन र दीर्घकालीन लगानीको आवश्यकता रहेको बताएका छन् ।

आज(शुक्रबार) काठमाडौैंमा आयोजित ग्लोबल र जनता बैंकको मर्जरको औपचारिक शुभारम्भ कार्यक्रममा मन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिका लागि ठूला पुँजी आवश्यक हुने र ठूला पुँजी निर्माणको लागि पनि बैंक मर्जरमा जानुपर्ने बताएका हुन् ।

यस मर्जरले अन्य बैंकहरु पनि मर्जरमा जानको लागी अझै उत्साह थपिएको भन्दै मन्त्री खतिवडाले पुँजी वृद्धि गरि लगानीको लागी समेत आग्रह गरे ।

बैंक मर्ज भएपछि स्मार्ट बैंकिङको अभ्यास गर्न समेत मन्त्री खतिवडाले आग्रह गरे । नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरञ्जिवी नेपालले बैंकमा प्रविधि भित्राउनुपर्नेमा जोड दिए ।

नेपाली बैंकहरु अझै पनि प्रविधिमा पछि नै भएकोले सबैं बैंकले प्रविधिगत क्षमतलाई विकास गर्नुपर्ने बताए । डा. नेपालले मुलुक वित्तिय स्थायित्वतर्फ अघि बढेको समेत दाबी गरे ।

यो सँगै अव वाणिज्य बैंकको संख्या २७ पुग्ने छ । यि बैंकहरु मर्जर भएर ग्लोबल आईएमई रहने छ भने चुक्ता पुँजी २० अर्ब पुगेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले बिग मर्जरको नीति लिएको थियो । मर्जरपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर कार्यकारी अधिकृत हुनेछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।