हेटौंडा,२० मंसीर –हेटौंडा बजारमा पछिल्लो समय पसलको सटर फोडेर चोरी गर्ने घटनाहरु बढेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले सरोकारवालाको ध्यानाकर्षणका लागि अपील गरेको छ ।

संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायीको जिउधनको पूर्ण सुरक्षा हुने प्रवन्धको लागि नेपाल सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षणका लागि आग्रह गरेका हुन् ।

गत कात्तिक ३ गते स्वस्तिक मोबाइल पसल, मंसिर १९ गते विजय राइस मिल लगायतमा चोरी भएको उदाहरण दिँदै सचिव अधिकारीले बजारको मुख्य क्षेत्रमा नै भएका यस्ता घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न र चुनौति खडा गरेको उल्लेख गरेका छन् । ‘यस्ता आपराधिक क्रियाकलापहरुलाई निस्तेज गर्न सम्बन्धित निकायहरु अत्यन्तै प्रभावकारी रुपमा सक्रिय हुनुपर्ने देखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।