मंसिर २० – दुई दिनदेखि लगातार सुनको मूल्य घट्न थालेको छ । बिहीबार दुई सयले घटेको सुनको मूल्य शुक्रबार तीन सयले घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ७२ हजारमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ सयले घटेर ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।