हेटौँडा,२० मंसिर ।
एम.आर.आर अर्थात मेन्स रुम रिलोटेड, यो नेपाली सामजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुको सबैभन्दा लोकप्रिय तथा रुचाइएको ग्रुप हो । सामजिक सेवा गर्ने उदेश्यले नेपाली युवाहरुको सक्रियतामा स्थापना भएको ग्रुपले डिसेम्बर ११ मा आफ्नो ८ औँ वार्षिकोत्वस मनाउँदै छ ।

वार्षिकोत्सव नजिकदै गरेपछि एमआरआरमा अहिले सदस्यहरुले सफलताको कामना सहितका शुभकामना सन्देश र आठौँ वार्षिकोत्सव अंकित एमआरआरको लोगोलाई फेसबुकको प्रोेफाईलको रुपमा रहेको प्रयोग गरिरहेका छन् ।
एमआरआरले नेपालमा भएका केहि बेतिथि विरुद्ध बोल्ने गरेको छ भने विभिन्न सहयोगी क्रियाकलाप समेत गर्ने गरेको छ । यो समुहको कारण नेपालमा धेरै ब्यक्तिहरुले सहयोग पाएका छन भने उदाहरणीय सामजिक कामहरु समेत भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।